नेभिगेशन
अन्य

आन्दोलनकारीका शर्तमा छलफल गर्दै मुख्य चार दल

काठमाडौं । संघीय प्रदेशको सिमाङकनलाई लिएर आन्दोलनमा उत्रेका आन्दोलतरत पक्षले राखेका सर्तका बारेमा मुख्य चार राजनीतिक दलले छलफल थालेका छन् । वार्ताका लागि आन्दोलनरत पक्षले राखेको सर्तबारे छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि मधेसी मोर्चा, थरुहट संघर्ष समिति लगायतले राखेको सर्तबारे अन्य राजनीतिक दलका नेताहरुलाई जानकारी गराएका छन् । मधेसी मोर्चाले वार्ताका लागि चारबुँदे सर्त राख्दै शनिवार पत्रचार गरेको थियो । उसले राखेका सर्तमा संविधान निर्माण प्रक्रिया रोक्नु पर्ने, विगतमा भएको सहमति कार्यान्वयन गर्नु पर्ने लगायतका छन् । थरुहट संघर्ष समिति र मधेसी मोर्चाले वार्ताका लागि सेना र सशस्त्र प्रहरीलाई ब्यारेकमा फिर्ता गर्नु पर्ने लगायतका सर्त पनि अघि सारेका छन् । बैठकमा संविधानको विधेयकमा संशोधनबारे पनि छलफल हुने बताइएको छ । संविधानसभा सचिवालयले संशोधन दर्ताका लागि सभासदहरुलाई सात दिनको समय दिने तयारी गरेको छ । तर, एमालेले भने समय छोट्याउनु पर्ने बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...