नेभिगेशन
खेलकुद

एक्सपर्ट ग्रुप नवाज कप –२०१५ को फाइनल खेल आइतवार

सिड्नी । नेप्लीज अष्ट्रेलियन वेलफेयर सोसाईटी (नवाज) ले यसवर्ष खेलाउदै आएको एक्सपर्ट ग्रुप नवाज कप–२०१५ को फाइनल खेल आइतवार अगस्त ३० तारिखका दिन हुने भएको छ । नवाजका अध्यक्ष संजीव शर्माका अनुसार उक्त दिन फाइनल खेलका लागि सेन्टजर्ज नेप्लीज क्लब र सेन्ट जर्ज फ्रेण्डस फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने भएको छ । लिड्कम स्थित वाइड पार्कमा संचालित सो फाइनल खेलका दिन विहान ९ः३० बजेदेखि अन्य रोमाञ्चक खेलहरु पनि संचालन हुनेछ । जसमा ३५ वर्ष उमेर पार गरेका खेलाडी तथा माछापुच्छ्रे फुटबल क्लव र अन्य फुटबल क्लवहरुका बीच रोमाञ्चक खेल हुनेछ । भने तेस्रो स्थानका लागि विहान ११ः३० बजे सिम्रीक फुटबल क्लव र ओइसिस फुटबल क्लव डाँफे बीच कडा प्रतिस्पर्धा हुने भएको छ । नवाज फुटबल खेलका खेल कमिसनर राजु मानन्धरका अनुसार उक्त दिन सो खेल मैदानमा वालवालिकाहरुका लागि जम्पिङ क्यास्ट्रल, महिलाहरुका लागि म्युजिकल चेयर, किड्स म्याराथन लगायत विविध मनोरञ्जनात्मक खेलहरु पनि समावेस गरिएको छ । साथै खेल मैदानमा उपस्थित खेलप्रेमीहरुलाई दिउँसो १२ बजेदेखि ४ बजेसम्म निःशुल्क कफिको समेत व्यवस्था गरिएको अध्यक्ष शर्माले नेपाल न्युज अस्ट्रेलियालाई बताए । निःशुल्क कफिको स्पोन्सर अजी फाइनान्स एण्ड होम लोनले गर्ने भएको छ । उक्त खेलमा विजयी हुने प्रथम, द्वितिय र तृतिय टीमलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको छ । सो फाइनल खेलमा सपरिवार उक्त खेल मैदानमा उपस्थित भई खेलाडीहरुको हौसला बढाइदिन तथा मनोरञ्जन लिन अध्यक्ष शर्माले सबै नेपाली समुदायलाई आग्रह समेत गरेका छन् । अस्ट्रेलियामा रहेका नेपालीहरुलाई फुटबल खेलको माध्यमबाट एकता, सद्भाव र भाईचारा कायम राख्न नवाजले आफ्नो स्थापनादेखि प्रत्येक वर्ष फुटबल खेलको आयोजना गर्दै आएको छ । यसले फुटबल खेलका अलवा नेपाली समुदायका हितका लागि अन्य कार्यक्रमहरु पनि गर्दै आएको छ । अस्ट्रेलियामा सन् १९९९ मा खोलिएको नवाज संस्थालाई पुरानो अग्रणी संस्थाको रुपमा लिने गरिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।