नेभिगेशन
अन्य

नेपालगन्जमा ५ घण्टाका लागि कर्फ्यू हटाइयो, निषेधाज्ञा भने जारी

नेपालगंज । हिजो राति ९ बजेदेखि आज बिहान ९ बजे सम्मका लागि लगाइएको कर्फ्यू अपरान्ह २ बजे सम्मका लागि हटाइएको छ। कर्फ्यू खुले पनि सभा, जुलुस र समूह बनाएर हिड्डुल गर्न नपाइने गरि निषेधाज्ञा भने काममै राखिएको छ। नेपालगन्जका प्रमुख चोकहरूमा ठूलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ। दिउँसो २ बजेदेखि भोलि बुधबार बिहान ६ बजे देखिसम्म पुनस् कर्फ्यू आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकले जानकारी दिए। नेपालगन्जमा कुनै पनि बेला झडप हुन सक्ने स्थिति उत्पन्न भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो सोमबारदेखि नै नेपालगन्जको शहरी क्षेत्रमा बाँकेका प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकले पूर्वमा नेपालगन्जको राँझा विमानस्थल, पश्चिममा नन्दनी मिल, दक्षिणमा भारतीय सीमा जमुनाह र उत्तरमा फुल्टेक्रासम्म कर्फ्यू आदेश जारी गरेको थियो। थरूहट र मधेशी दलहरूले आब्हान गरेको बन्दका क्रममा झडप भई शान्ति सुरक्षाको अबस्था संबेदनशिल भएपछि धनजनको थप क्षति हुन नदिन बाँके प्रशासनले आइतबारदेखि निषेधाज्ञा र सोमबार रातिदेखि कर्फ्यू लगाएको थियो। रातभर लगाइएको कर्फ्यू खुलेपछि स्थानिय सडकमा निस्किएका छन भने दैनिक उपभोग्य पसलमा ग्राहकहरुको भीड लागेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै