नेभिगेशन
अन्य

थारू नेताहरूले भने –‘आन्दोलनमा घुसपैठ भयो’

काठमाडौं । थारू नेताहरूले सोमबारको कैलाली घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले आन्दोलनमा घुसपैठ भएको स्वीकार्दै शान्तिपूर्ण आन्दोलनको पक्षमा आफ्नो प्रतिवद्धता जनाएका छन्। दुई सातादेखि जारी थरूहट संघर्षलाई वेवास्था गर्दै मुख्य दलहरूले मनलाग्दी संघीय प्रदेश थोपरेको, आफ्नै आवाज नसुनेको सन्दर्भमा अनपेक्षित घटना भएको भन्दै त्यसो जिम्मा राज्यले लिनुपर्ने बताएको खबर आजको कान्तिपुरमा छापिएको छ। सोमाबार रातिसम्म सिंहदरबारमा बसेको थारू सभासद संघर्ष समिति, थारू कल्याणकारीणी सभा, थरूहट संयुक्त संघर्ष समितिको बैठकले संविधानसम्मत शान्तपूरुण आन्दोलन भएको दाबी गर्दै चारै तिरबाट प्रहरीले घेरा हाल्दा प्रतिकार भएको निष्कर्ष निकालेको छ। थारू कल्याणकारी सभाका अध्यक्ष धनीराम थारूले घुसपैठबाट यस्तो घटना भएको भन्दै त्यसलाई आन्दोलन तुहाउने षणयन्त्र का रूपमा अर्थ्याए। को बाट घुसपैठ भयो भन्ने प्रश्नमा उनले खुलाउन चाहेनन्। ‘हाम्रो आन्दोलन तुहाउन षणयन्त्र भएको छ, हामी सतर्क भएका छौ। हाम्रो आन्दोलन रोकिदैन, शान्तिपूर्ण आन्दोलन चलाउँछौ,’ उनले भने।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै