नेभिगेशन
अन्य

तराई बन्द भइरहदा उपत्यका कति दिन बाँच्छ

काठमाडौं । संविधान निर्माणमा असन्तुष्टि राखेर तराईसहितको विभिन्न ठाउँमा आन्दोलन भए पनि अहिलेसम्म उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति सामान्य छ । तर, अझै केही दिन बन्द कायम रहे खाद्यान्न, इन्धनलगायतको आपूर्तिमा केही समस्या हुने सम्भावना छ । ‘व्वसायीका अनुसार हाल उपत्यकालाई आवश्यक पर्ने खाद्यान्न मौज्दात समग्रमा १५ दिनलाई पुग्ने छ । ‘उपत्यकाका गोदाममा एक महिनालाई पुग्ने चामल छ,’ खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘तत्काललाई आत्तिहाल्नुपर्ने अवस्था छैन । अन्य खाद्यान्न पनि १५ दिनजतिलाई पुग्छ ।’ उपत्यकामा खपत हुने ठूलो परिमाणको चामल वीरगन्ज, भैरहवा र विराटनगरबाट आपूर्ति हुने श्रेष्ठले बताए । यी जिल्लाबाट सोना मन्सुली र जिरा मसिनो चामल आपूर्ति हुन्छ, जुन उपत्यकामा ५० र ३० प्रतिशतले खपत गर्ने उनको भनाइ छ । उनका अनुसार भारत, थाइल्यान्ड र भियतनामको चामल पनि तराइको बाटो हुँदै उपत्यकामा आउँछ । यसरी आउने चामलको उपत्यकाको बजारमा २० प्रतिशत हिस्सा छ । मौज्दात खाद्यान्न १५ दिनलाई पुग्ने रहे पनि तराईमा आन्दोलन जारी रहेकाले सरकारले स्कर्टिङ गरी ढुवानीलाई प्राथमिकता दिनुपर्ने श्रेष्ठले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...