नेभिगेशन
अन्य

सिड्नी तीजको कार्यक्रम सम्पन्न, नेपालमा परोपकारी काम गर्ने नारी निकुन्जको तयारी

सिड्नी । तीज आउन केही साता बाँकी छ । तर, नेपाल र नेपालभन्दा बाहिर नेपाली समूदायका नारीहरु तीजको रमझममा रम्न थालिसकेका छन् । यसैक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको वोमेन फोरुम नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा अगस्ट २२ तारिखमा ग्रानभिलमा भव्य दरखाने कार्यक्रम सम्पन्न भएको छ । करिब ४ घण्टा चलेको यस कार्यक्रममा सहभागी महिलाहरु मन फुकाएर नाचे, रमाइलो गरे र प्रवासको भूमिमा केहीबेर भएपनि तनावलाई बिर्सिए । madhav3नारी निकुञ्जले आयोजना गर्ने तीजको दर खाने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो । यस्तै डीजे सेसनमा पनि नारी तीजका भाकामा सामूहिक नृत्य सम्पन्न भएको थियो । सिड्नीको ग्रानभिलस्थित ब्लाउजा कम्युनिटी हलमा आयोजित कार्यक्रममा चार सयभन्दा बढी नारीहरु सहभागी थिए । सो कार्यक्रममा कतिपय अन्य समूदायका नारीहरु पनि कार्यक्रममा सहभागी देखिन्थे । नेपाली लोकभाकामा उनीहरु कम्मर मर्काइ नाचिरहेका थिए । नेपाली चाडपर्ब र सन्स्क्रिती लाई बिदेश मा पनि पर्बर्धन गर्ने उदेश्य ले नारी निकुन्ज अष्ट्रेलिया ले हरेक बर्ष तीज को दर खाने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । चाडपर्ब भड्किलो बन्दै गैरहेकोमा जनमानस ले चिन्ता ब्य्क्त गर्द गर्दा तीन हप्ता पहिला नै गरिने निकुन्ज को दर खाने कार्यक्रमले प्रवासी महिलाहरुलाई माइतीको आगनी मात्रै प्रदान गर्दैन यस्ले परोपकारी कार्यलाई नि प्राथमिकता दिने गर्दै आएको छ । mahev1 नेपालमा पठेघर झर्ने समस्याबाट पीडित महिलाको समस्यालाई मध्य नजर गर्दै उटेरिन प्रोल्याप्स प्रोजेक्ट लाई २०१० देखी सन्चालन मा ल्याएको नारी निकुन्ज ले यस पटकको कार्यक्रमबाट संकलित रकम नेपालमा भूकम्प पीडितको सहयोगमा खर्च गर्ने योजना रहेको नारी निकुन्ज कि सचिब प्रतिज्ञा अधिकारीको भनाइ छ । सचिव अधिकारीले भनिन्– ‘नेपालको महाभुकम्प पछी सबै क्षेत्रमा नराम्रो प्रभाव परे पनि नेपाली बालबालिका र महिलाहरुमा परेको असरमा कमैले ध्यान दिएको पायौं । यसैकारण यस वर्ष हामीले त्यस क्षेत्रमा काम गर्ने योजना बनाएका छौं ।’ कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागिहरुलाई नारी निकुञ्ज अष्ट्रेलियाकी उप संयोजक दीपा सापकोटाले स्वागत गरेकी थिइन् भने संयोजक सिर्जना संग्रौलाले तीज एउटा रमाइलो गर्ने पर्व मात्र नभएर सहयोग गर्ने अवसर भएको बताउदै नेपालका महिला र वालवालिकाहरुको स्वास्थ्यमा सहयोग पु¥याउने हेतुले प्रत्येक वर्ष नारी निकुञ्जले अस्ट्रेलियामा तीजको दर खाने कार्यक्रम गर्दै आएको बताइन् । साथै उनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । । कार्यक्रमको सन्चालन सचिब अधिकारी र नारी निकुन्ज कि सदस्य मोनी लिम्बु ले गरेका थिए । २०१३÷२०१५ मा योग्दान पु¥याउने महानुभावह लाई न् आर न् कि प्याट्रोन तथा नारी किकुन्जकी सलाहाकार ईन्द्र बनले पत्र प्रादान गरेकी थिइन् । । कार्यक्रमको आर्कषण राफल चिठ्ठा रहेको थियो । कार्यक्रममा दिया लम्साल र सुभश्री रिमाल प्रणव रिमाल, आस्था ओली, रुपा चापागाँईले भुकम्प पीडित का लागि संकलन गरेको ७४२ अष्ट्रेलियान डलर निकुन्जकी संयोजक सिर्जना संग्रौलालाई हस्तान्तरण गरेका थिए । सो रकम भुकम्प पिडित बालबालिकाका लागि खर्च गरिने बताइएको छ । अरु कार्यक्रम भन्दा भिन्न र्शलीमा सम्पन्न हुने निकुन्जको दर खाने कार्यक्रममा महिलाको मात्र सभागिता हुने गर्दछ । संयोजक सिर्जना संग्रौलाका अनुसार महिलाहरुको चाहनलाई बुझेर नै यसो गरिएको र कार्यक्रम भन्दा अगाडि नै कार्यक्रमको टिकट बिक्री भईसक्ने कुराले पनि यसको पुष्टी गरेको छ । संयोजक संग्रौलाले छिट्टै कार्यक्रमबाट उठेको रकम सार्वजनिक गरिने र नेपालमा प्रोजेक्ट संचालनमा ल्याइने कुरा बताइन् । नारी निकुन्ज अष्ट्रेलिया ले सम्पूर्ण प्रायोजक समर्थक र संचारकमी हरुलाई धन्यवाद प्रकट गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।