नेभिगेशन
अन्य

अष्ट्रेृलियामा एमआरपी सेसनमा ५ सयभन्दा बढी सेवाग्राहीले एमआरपी फर्म भरे

सिड्नी । नेपाली दूतावास अष्ट्रेलिया, वाणिज्यदूतको कार्यालय र एनआरएन अष्ट्रेलिया न्यू साउथवेल्स राज्य समितिको संयुक्त आयोजनामा शनिबार भएको एमआरपी सेसनमा ५ सयभन्दा बढी सेवाग्राहीले एमआरपी फर्म भरेका छन् । विहान १२ बजेदेखि सुरु भएको यो पासपोर्ट सेसन साँझ अबेला सम्म चलेको थियो । नेपाली दूतावास क्यानबेराबाट आएका चार अधिकारी सम्मिलित टोलीको नेतृत्व पासपोर्ट शाखा प्रमुख राजेन्द्र पाण्डेले गरेका थिए । photo111photo22 सिड्नी सिटीस्थित हाम्रो कलेजमा गरिएको यस सेसनबाट निकै उत्साही भएको प्रतिक्रिया एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यू साउथवेल्स राज्य परिषद्का संयोजक दिनेश पोखरेलले दिए । आफ्नो कार्यकालको पहिलो कार्यक्रम नै एमआरपी सेसन भएको भन्दै उनले दुई वर्षको कार्यकालमा प्रत्येक महिना कम्तिमा एउटा कार्यक्रम गर्दै २४ कार्यक्रम सफलतापूर्वक गर्ने योजना रहेको उनको भनाई छ । photo22 (1)सिड्नीमा पासपोर्ट भर्न चाहनेहरुको भीडका कारण अर्को सेसन पनि छिट्टै गर्ने योजना गरिएको पनि उनले सुनाए । आगामी नोभेम्बरबाट हस्तलिखित पासपोर्ट पूर्णतः खारेज हुने भएकोले त्यसपछि भ्रमण गर्न चाहने नेपालीहरुलाई समस्या पर्नसक्ने भन्दै नेपाली दूतावास क्यानबेराका डेप्युटी चिफ अफ मिसन राजेन्द्र पाण्डेले जानकारी दिए । ‘एमआरपी बन्नका लागि कम्तिमा दुई महिना र बढीमा तीन महिना लाग्छ । त्यसैले अब पनि एमआरपी नबनाउनेहरुका लागि भोलि समस्या हुनसक्छ । म सबैलाई छिटोभन्दा छिटो हस्तलिखित राहदानी भएकाहरुलाई एमआरपी बनाउन आह्वान गर्दछु ।’ पाण्डेले भने । हाम्रो कलेजले एमआरपी फर्म भर्न आएका नेपाली समूदायका सदस्यहरुका निम्ति फर्म भर्ने करिब ३० वटा कम्प्युटर, प्रिन्टर, फोटोकपी लगायतको सुविधा प्रदान गरेको थियो भने एनआरएन अष्ट्रेलिया न्यू साउथवेल्सले स्वयंसेवकहरुको व्यवस्थापन गरेको थियो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलसहित अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।