नेभिगेशन
अन्य

महाधिवेशन सार्न संविधान संशोधनको आग्रह गर्ने

काठमाडौं । कांग्रेसले पार्टीको महाधिवेशन सार्न संसद्मा अन्तरिम संविधान संशोधन प्रस्ताव लैजान सरकारलाई आग्रह गर्ने भएको छ । पार्टीको वैधानिकतामा नै प्रश्न उठ्ने भएपछि कांग्रेसले १२ भदौसम्ममा अन्तरिम संविधान संशोधन हुने गरी प्रस्ताव लैजान सरकारलाई आग्रह गर्न लागेको छ । बालुवाटारमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले तत्काल संविधान नबन्ने अवस्था आएको र तोकिएको मितिमा पार्टीको १३औँ महाधिवेशन हुन पनि नसक्ने भएकाले संविधान संशोधन लागि आग्रह गर्ने निर्णय गरेको हो । यसबारे अन्य दलसँग पनि छलफल गर्ने बैठकको निर्णय छ । कांग्रेस विधानमा चार वर्षमा पार्टीको महाधिवेशन गर्ने उल्लेख छ । विशेष परिस्थितिमा एक वर्ष थप्न सक्ने पनि विधानमा व्यवस्था छ । तर, एक वर्ष थपेर २ देखि ५ असोजसम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तोकिएको छ । तर, अहिलेसम्म महाधिवेशनको तयारी भएको छैन । असोजमा महाधिवेशन नभएमा संवैधानिक संकट पर्ने भएकाले विकल्पका रूपमा संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने निष्कर्ष पदाधिकारी बैठकको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...