नेभिगेशन
अन्य

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री आउँदै

काठमाडौँ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज अपराह्न नेपाल आउदैछन् । रक्सौल—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न मन्त्री प्रधान नेपाल आउन लागेका हुन् । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा र मन्त्री प्रधानले आगामी सोमबार पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय तथा विदेश मन्त्रालयका उच्च अधिकारीका साथै भारतीय आयल कर्पोरेसनका अध्यक्ष एवम् नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा मन्त्रीव्दयले सम्झौतामा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सोमबार नै मन्त्री प्रधान र थापाबीच द्विपक्षीय भेटवार्ता हुनेछ । मन्त्री प्रधानको सम्मानमा मन्त्री थापाले भारतिय समकक्षीको स्वागतमा बिषेश कार्यक्रम गर्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै