नेभिगेशन
अन्य

चिनियाँ उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौं । चीनका विदेश मामिलासम्बन्धी सहायक मन्त्रीको नेतृत्वमा एक उच्चस्तरीय टोली ३ दिने भ्रमणका लागि काठमाडौं आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय संयोजनसम्बन्धी सहायक मन्त्री डोउ इनयोङको नेतृत्वमा टोली नेपाल आउन लागेको हो । ६० वर्षीय डोउ केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको महानिर्देशक भएर काम गरिसकेका अनुभवी राजनीतिज्ञ तथा कूटनीतिज्ञ हुन् । अन्तर्राष्ट्रिय सम्बन्धमा सरकार र पार्टीबीचको संयोजनमा उनको भूमिका प्रमुख रहने गरेको छ । आइतबार राजधानी आउन लागेका सहायक मन्त्रीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट्ने कार्यक्रम तय भइसकेको जानकारी कूटनीतिक स्रोतले दियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...