नेभिगेशन
अन्य

अन्डर–१९ फुटबल आजबाट काठमाडौमा, नेपाल र भुटान भिड्दै

काठमाडौं । अन्डर १९ साफ च्याम्पियान्सीप फुटबल प्रतियोगिता आज देखि काठमाडौमा सुरुहुँदै छ । उदघाटन खेलमा नेपाल र भुटान भिड्ने छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको मैदान मर्मतकाका क्रममा रहेकाले प्रतियोगिताका खेलहरु आर्मी मैदान लगनखेल र एन्फा टेक्निकल सेन्टर सातदोवाटोमा हुने छन् । नेपाल र भुटानविचको खेल सातदोवाटोमा दिउँसो साढे ३ बजेबाट सुरुहुने छ । दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यक्रम अनुशार अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको प्रतियोगितामा ६ राष्ट्रले सहभागित जनाउदै छन् । समुह एमा रहेको नेपालले लिग चरणमा बंगलादेश र भुटान सँग प्रतिस्पर्धा गर्ने छ । समुह बी मा भारत, अफगानिस्तान र माल्दिभ्स छन् । यसैबीच, नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिमको तयारी राम्रो भएको प्रतिक्रिया दिएका छन् । पत्रकार सम्मेलनमा घरेलु मैदान र दर्शकको साथ रहेकाले नेपाललाई उपाधीको दाबेदार मानिएको बताए । यस्तै कप्तान विमल घर्तीमगरले पनि आफुहरु उपाधि जित्न आतुर रहेको प्रतिक्रिया दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...