नेभिगेशन
अन्य

एमाओवादी सात प्रदेश मान्न तयार

काठमाडौं । सीमांकन विवाद लम्बिएपछि एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेले १० महिनाअघि प्रस्तुत गरेको सात प्रदेशको प्रस्तावमा सहमति गर्न आफू तयार भएको बताए । ‘हामीले संविधान बनाउन धेरै विषयमा सम्झौता गर्दै छोड्दै पनि आएका छौँ, संक्रमणकाल अब लम्ब्याउनु भएन, अब तपाईंहरूकै सात प्रदेशको प्रस्तावमा आजै सहमति गरेर जाऔँ,’ स्रोतका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा भने । तर दाहालको प्रस्तावलाई कांग्रेस वरिष्ठ नेता देउवाले समर्थन गरे भने प्रधानमन्त्री कोइरालाले अस्वीकार गरे । ‘दाहालले प्रस्ताव राख्नेबित्तिकै प्रधानमन्त्री कोइरालाले आक्रोशित मुद्रामा असहमति जनाए,’ बैठक स्रोतले भन्यो, ‘त्यसपछि उहाँ विशेष समितिको बैठक छोडेर बाहिरिनुभयो ।’ कोइरालाले आफ्नै पार्टीका नेतातर्फ इंगित गर्दै बैठकमा भनेका थिए, ‘तपाईंहरूले मलाई के–केमा सही गराउनुभयो के–केमा ।’ दुईदेखि पाँच प्रतिशत मत नल्याउने दललाई समानुपातिकमा सिट नदिने विषयमा ठूला दलबीच छलफल भइरहेको छ, तर त्यस्तो प्रावधान राखे साना दलले संविधानसभामै सुतेर बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । बलमिच्याइा गरे संविधानका हरेक धारा मत विभाजनबाट मात्र पारित गर्ने अवस्था सिर्जना गर्ने पनि उनीहरूको भनाइ छ । संविधानतस् संविधानसभाका १० प्रतिशत सभासद्ले माग गरेमा मतविभाजनबाट मात्र धारा पारित गर्नुपर्ने प्रावधान छ । यसो गर्न ६१ सभासद् चाहिनेमा साना दलसाग ६३ सभासद् छन् । सबै धारामा मत विभाजन गर्नुपरे संविधानसभालाई दुई–तीन महिना लाग्न सक्छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...