नेभिगेशन
अन्य

मस्यौदा समितिलाई थप ४ दिन

काठमाडौ. । संविधानसभाले संविधानको विधेयक तयार पार्न मस्यौदा समितिलाई थप ४ दिनको समय दिएको छ । संविधानसभामा बोल्दै समिति सभापति कृष्ण सिटौलाले दलहरुको सहमति बिना विधेयक तयार पार्न नसकिने भएको र दलका नेताहरु सहमति जुटाउन अनवरत प्रयास गरिरहेकाले समय थपको माग गरेका थिए । उनको माग अनुसार संविधानसभाले समय थपेको हो । संविधानसभाको बैठक ५ मिनेट बसेर सकिएको हो । यसअघि संविधानको विधेयक तयार पार्न संविधानसभाले मस्यौदा समितिलाई दिएको पाँच दिनको समयसीमा सोमबार सकिएको थियो । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले जारी जारी व्यवस्थापिका संसदलाई सूचना दिएर आज साँझ ५ बजे बोलाएका थिए । मस्यौदा समितिले निर्धारित अवधिमा समितिले आफ्नो प्रतिवेदन संविधानसभामा बुझाउन नसकेपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । प्रमुख दलका शीर्ष नेताहरुले प्रदेशको सिमांकनमा पुनरावलोकन, थ्रेस होल्ड लगायतका विषयमा सहमति जुटाउन नसक्दा मस्यौदा समितिले आफ्नो प्रतिवेदनलाई आन्तिम रुप दिन नसकेको हो । सोमबार दिनभरजसो बैठक बसेका शीर्ष नेताहरु मंगलबार अपरान्ह ४ बजेतिर मात्र छलफलमा बसेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...