नेभिगेशन
अन्य

तनहुँमा टङान्समिटर पड्कदा दुईको मृत्यु, छ घाइते

दमौली । तनहुँको शुक्ला गण्डकी नगरपालिका–९ अर्चलेमा सोमबार राति ११ बजे विद्युत् हाई भोल्टेजका कारण ट्रान्समिटर पड्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई घरका छ जना घाइते भएका छन् । उनीहरु राति सुतिरहेका बेला ट्रान्समिटर पड्केर घरमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीया दुर्गा न्यौपाने र पाँच वर्षीया खुशी न्यौपाने रहेको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले बताए । करेन्ट लागेर ३३ वर्षीय निलकण्ठ न्यौपाने र ७५ वर्षीय शालीग्राम न्यौपाने गम्भीर घाइते भएका छन् । उनीहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जानकारी प्रहरी उपरीक्षक आचार्यले दिए । करेन्ट लागेर सामान्य घाइते भएका सोही ठाउँका ३६ वर्षीया सुकमाया नेपाली, १६ वर्षीय मिलन नेपाली, २० वर्षीया सम्झना नेपाली र १८ वर्षीया फूलमाया नेपालीको सेती गङ्गा सामुदायिक अस्पताल दुलेगौँडामा उपचार भइरहेको छ । घटनास्थल पुगेका तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि दमौली अस्पताल ल्याउने तयारी भइरहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै