नेभिगेशन
अन्य

नयाँ संविधानको विधेयक बन्न सकेन

काठमाडौं । मस्यौदा समितिले नयाँ संविधानको विधेयक बनाउन संविधानसभाले दिएको समयसीमा सोमबार सकिएको छ । तर, प्रमुख दलहरूबीच विवादित विषयमा सहमति नहुँदा समितिले सोमबार विधेयक बुझाउन सकेन । विधेयक बनाउन नसकेपछि मस्यौदा समितिले छलफल जारी रहेकाले सोमबारको बैठकलाई निरन्तरता दिँदै २ भदौमा अर्को बैठक बस्ने निर्णय गरेको छ । ‘काम नसकिएकाले यही बैठकको निरन्तरताका रूपमा भदौ २ गते अर्को बैठक बस्ने निर्णय भयो,’ समिति सदस्य हितराज पाण्डेले भने । सहमति भएका विषयलाई मस्यौदा समितिको कार्यदलले संविधानको भाषामा ढालेर विधेयक मस्यौदा तयार गरिसकेको छ । प्रदेशको सीमांकन, थ्रेसहोल्ड, धर्मनिरपेक्षतालगायतका विषयमा प्रमुख दलबीच विवाद छ । शीर्ष नेता रहेको विशेष समितिमा मस्यौदा समितिले पछि पठाएका र मुख्य विवादित विषयमा सोमबार छलफल भएको छ । समितिका संयोजक डा. बाबुराम भट्टराईले मंगलबार फेरि मुख्य विवादित विषयमा छलफल हुने जानकारी दिए । ‘मस्यौदा समितिबाट आएका अन्य कतिपय विषयमा सोमबार सहमति जुटेको छ,’ सोमबारको बैठकपछि भट्टराईले भने, ‘गाउँपालिका र नगरपालिकाको निर्वाचन संविधान जारी भएको ६ महिनाभित्र गर्ने भन्ने सहमति भएको छ ।’ डा. भट्टराईले दलहरूको महाधिवेशनको विषयमा पनि नयाँ व्यवस्था गरिएको बताए । ‘राजनीतिक दलको महाधिवेशन पाँच वर्ष भित्र गरिसक्नुपर्छ भन्नेमा विशेष परिस्थिति भए ६ महिना थप्न सक्ने व्यवस्था गर्ने सहमति बनेको छ,’ डा. भट्टराईले भने, ‘उद्योगी–व्यवसायीको मागअनुसार अन्तरप्रादेशिक व्यापारमा दोहोरो कर नलाग्ने व्यवस्था गर्न, सेना–प्रहरी र सरकारी स्वामित्वमा रहेका प्रतिष्ठानको लिखित परीक्षा लोकसेवा आयोगले नै लिने, संवैधानिक आयोगको संसदीय अनुगमन हुने, तर राष्ट्रिय मानवअधिकार आयोगलाई भने नहुनेलगायतका विषयमा पनि सहमति भएको छ ।’ नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै