नेभिगेशन
अन्य

बन्द फिर्ता लिएर राजधानीमा प्रदर्शनको तयारी

काठमाडौ । सर्वसाधरणले बन्दको खासै प्रवाह नगरेपछि नेकपा–माओवादी जनजाति तथा मधेसी दलले गरेको नेपाल बन्द आज दिउँसो १ बजेपछि खुल्ने भएको छ । प्रहरीले आन्दोलनकारीहरुलाई सडकमा उत्रिनै नदिएर पक्राउ गरेपछि दोस्रो दिनको बन्दको प्रभावहिन बनेको छ । बन्दको प्रभाव कम परेपछि सोमवार दिउँसो १ बजेदेखि बन्द फिर्ता लिने आन्दोलनरत दलहरुले तयारी गरेको माओवादीका एक नेताले बताए । काठमाडौ, भक्तपुर र ललितपुरका आन्दोलनरत दलका कार्यकर्ताहरुलाई काठमाडौको रत्नपार्कका केन्द्रित गरी प्रदर्शन र सभाको तयारीसमेत गरिएको माओवादीले जनाएको छ । माओवादीसहित आन्दोलनरत दलका शीर्ष नेताहरुको नेतृत्वमा प्रदर्शन गर्ने तयारी गरिएको हो । काठमाडौको ठाउँबाट प्रदर्शन गरी दिउँसो १२ बजे रत्नपार्क शान्ति बाटिकामा सभा गरिने माओवादीले जनाएको छ । शान्तिबाटिकाको सभालाई माओवादी महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै