नेभिगेशन
अन्य

नक्सा पास नगरी भवन बनाए प्रमुखलाई नै कारबाही

काठमाडौं । सरकारले भवन संहिता र मापदण्ड पालन नगरी तथा नक्सा पास नगरी सार्वजनिक भवन निर्माण गरेमा त्यस्ता निकायका प्रमुखलाई कारबाही गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्रै मापदण्ड विपरीत र नक्सा पास बिना नै भवन निर्माण कार्य नरोकिएपछि सरकारले सम्बन्धित निकायका प्रमुखलाई नै कारबाहीको तयारी गरेको हो । वैशाख १२ को महाभूकम्पपछि स्थानीय विकास मन्त्रालयले असार मसान्तसम्म नयाँ भवनका लागि नक्सा पास नगर्न र बनिरहेका भवन पनि दुई तलाभन्दा बढी बनाउन रोक लगाएको थियो । नव निर्मित भवनका लागि सडकको न्यूनतम चौडाइ ६ मिटर हुनुपर्ने, सडकको न्यूनतम सेडब्याक सडक किनारबाट १५ मिटर छाड्नुपर्ने, घुम्ती वा मोडको न्यूनतम अर्धव्यास बाटोको चौडाइभन्दा कम्तीमा २० प्रतिशतले बढी हुनुपर्नेलगायतका नयाँ व्यवस्था कायम गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...