नेभिगेशन
अन्य

दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतबाट स्वीकृत गरेको छ । बैठकले ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७१ र मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध – पहिलो संशोधन)विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । दुवै प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले सदनसमक्ष प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...