नेभिगेशन
अन्य

आन्दोलन र सुरक्षा अवस्थाबारेमा जवाफ दिन गृहमन्त्रीलाई संसदको निर्देशन

काठमाडौं । व्यस्थापिका संसदले देशका विभिन्न भागमा भइरहेका आन्दोलन र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउन गृहमन्त्री बामदेब गौतमलाई निर्देशन दिएको छ । आइतबारको संसद बैठकमा सभासदहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएपछि सभामुख सुवास नेम्वाङले गृहमन्त्री गौतमलाई यस्तो निर्देशन दिएका हुन् । आजको संसदको बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी दिएका थिए । उनले दमनप्रति गृहमन्त्री गौतमले माफी माग्नुपर्ने बताए । सो क्रममा राप्रपा नेपालका सभासदहरुले सदनमै नाराबाजीसमेत गरेका थिए । सभासदहरु जनक चौधरी र लालबाबु रावत लगायतले पनि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने संवैधानिक अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाएका थिए । उनीहरुले आन्दोलनलाई दबाउने कोशिष नगर्न चेतावनी समेत दिए ।देशमा भएको आन्दोलन र सुरक्षा अवस्थाबारेमा जवाफ दिन गृहमन्त्रीलाई संसदको निर्देशन काठमाडौं । व्यस्थापिका संसदले देशका विभिन्न भागमा भइरहेका आन्दोलन र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउन गृहमन्त्री बामदेब गौतमलाई निर्देशन दिएको छ । आइतबारको संसद बैठकमा सभासदहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएपछि सभामुख सुवास नेम्वाङले गृहमन्त्री गौतमलाई यस्तो निर्देशन दिएका हुन् । आजको संसदको बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी दिएका थिए । उनले दमनप्रति गृहमन्त्री गौतमले माफी माग्नुपर्ने बताए । सो क्रममा राप्रपा नेपालका सभासदहरुले सदनमै नाराबाजीसमेत गरेका थिए । सभासदहरु जनक चौधरी र लालबाबु रावत लगायतले पनि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने संवैधानिक अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाएका थिए । उनीहरुले आन्दोलनलाई दबाउने कोशिष नगर्न चेतावनी समेत दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...