नेभिगेशन
अन्य

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

दैलेख । शनिबार राती पहिरोले घर पुरिँदा आमा छोरीसहित दैलेखमा तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिएर नारायण नगरपालिका– ६ नमुना वस्तीका २० वर्षीया रुपा बादी तथा तिनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको मृत्यु भएको हो । मृतक रुपाका श्रीमान् दीपकबहादुर घाइते भएका छन् । प्रहरी निरीक्षक पुष्कर बहादुर चन्दको नेतृत्वमा गएको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । पहिरोले घर पुरिँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । यसैबीच, मृतकका आफन्तजनलाई नेपाल महिला सङ्घ दैलेख जिल्ला अध्यक्ष सीता रानाले सहयोग स्वरुप रु १५ हजार प्रदान गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...