नेभिगेशन
अन्य

बैद्यको बन्दले सर्वसाधरणलाई सास्ती, प्रभाव भने आंशिक

काठमाडौं । मोहन वैद्य नेतृत्वको माओवादीसहितका दलहरुले आज गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । उपत्यकामा फाट्टफुट्ट मात्र सार्वजनिक यातायतका साधन चलेका छन् । केही नीजि सवारी साधन पनि सडकमा हुइकिरहेका छन् । काठमाडौंबाट छुट्ने कुनैपनि सवारी साधन आज चलेका छैनन् । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई उनीहरुले बन्द आब्हान गरेका हुन् । वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरु सँगै मिलेर आन्दोलन गरेका हुन् । बन्दकर्ताले काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् । प्रहरी पुगेर तोडफोड गर्नेलाई हटाएको थियो । बन्दको सिसा पूर्णरुपमा फुटेको छ । बन्दकर्ताले चितवनमा ३ वटा गाडीमा तोडफोड गरेका छन् । बन्दले जनजीवन कष्टकर बनेको छ। मुख्‍य चार दलले गरेको ६ प्रदेशको सीमांकन आफूहरुलाई अमान्‍य भएको भन्‍दै नेपाल बन्‍दको आह्‍वान गरेको छ। बन्‍दले काठमाडौं लगायत देशैभरको जनजीवन कष्टकर बनेको छ।बन्दका कारण सार्वजनिक यातायात चलेका छैनन् भने छिटुट रुपमा मोटरसाइकल र नीजी सवारीहरु चलेका छन्। बन्द गराउँदै हिडेका कार्यकर्ताले काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बस र चितवनमा दुई वटा गाडीमा तोडफोड गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै