नेभिगेशन
अन्य

दलहरु बीच सहमति जुटेका विषय विधेयकमा

काठमाडौं । संविधान मस्यौदा समितिले गठन गरेको कार्यदलले सहमति जुटेका विषय समेटेर विधेयक तयार गरेको छ । कार्यदलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत सहमति गरी पठाइएका विषयको विधेयक शनिबार राति तयार गरेको हो । तर केही विषयमा शीर्ष राजनीतिक तहमा सहमति हुन बाँकी भएकाले विधेयकले अन्तिम रूप भने पाइसकेको छैन । ‘सहमति जुटिसकेका विषयमा हामीले विधेयक तयार गरिसकेका छौ, केही विषयमा शीर्ष तहमा सहमति हुनै बाँकी छ, त्यसपछि मात्रै विधेयकले अन्तिम रूप पाउनेछ,’ कार्यदल सदस्य अइन्द्रसुन्दर नेम्वाङले भने । संवाद समिति सभापति बाबुराम भट्टराईसहित चार प्रमुख दल कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षहरू प्रधानमन्त्रीसमेत रहेका सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल, विजयकुमार गच्छदार रहेको विशेष समितिले धर्म, थ्रेसहोल्ड, विशेष संरचना, नागरिकतालगायत विषय टुंग्याउन बाँकी छ । विशेष समितिले शनिबारै यी विषय टुंग्याउने भनिए पनि राष्ट्रपति रामवरण यादवले प्रमुख दलका शीर्ष नेतालाई भेटका लागि बोलाएकाले बैठक नै बसेन । समितिको बैठक आइतबार बिहान बस्ने भनिएको छ ।कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...