नेभिगेशन
अन्य

संविधान निर्माणमा सबै दललाई एक जुट हुन प्रमको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सबै दललाई एक जुट हुन आग्रह गरेका छन् । पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘बन्दी जीवनका अनुभूतिहरु’ शीर्षक संस्मरणात्मक कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणसँगै मुलुक विकासको बाटामा अगाडि बढ्ने भएकाले आन्दोलनभन्दा वार्ताको बाटाबाट अगाडि बढ्नुपर्ने बताए । उनले भने – “मुलुकमा कसरी अमनचयन कायम गर्ने र महिला, जनजाति, दलित, मुस्लिमका हकअधिकारलाई कसरी सुनिश्चित गर्ने भन्ने बाटामा लाग्नुपर्छ, अब आन्दोलन गर्नुको कुनै आवश्यकता छैन ।” नेपाली काँग्रेसका सभापति कोइरालाले आफूलाई दुई मुख्य चुनौती रहेको बताउँदै भन्नुभयो – “एकातिर संविधान निर्माणको मुख्य जिम्मेवारी र अर्कोतर्फ नेपाली काँग्रेसको १३औँ महाधिवेशन ।” उहाँले काँग्रेसको महाधिवेशन आउन लाग्दा पनि आफू संविधान निर्माणका कार्यमा जुटेकाले कुनै पनि तयारी गर्न नसकेको स्वीकार गर्दै महाधिवेशनका लागि चाँडो विभिन्न तयारी गठन गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । नेकपा ९एमाले०का नेता केशवप्रसाद बडालले घिमिरे राजनीतिक र साहित्यलाई सँगसँगै लैजाने बहुआयामिक व्यक्तित्व भएको बताए । काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले लेखक घिमिरे पढेका कुरालाई स्मरण गर्न सक्ने असाधारण क्षमता भएको व्यक्ति भएको बताए । अर्का नेता बद्री पाण्डेले लेखकले आफूले कारागार जीवनमा रहँदा भोगेका अनुभवलाई जस्ताको तस्तै उतार्न सफल भएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै