नेभिगेशन
अन्य

दलित अगुवासंग शीर्ष नेताहरुसंग अन्तरक्रिया गर्दै

काठमाडौं । चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका दलित समुदायका अगुवाहरुले आज शीर्ष नेताहरुसंग विशेष अन्र्तक्रिया गर्ने भएका छन् । चरणबद्ध आन्दोलनमा रहेको संयुक्त दलित आन्दोलन नेपालले प्रमुखदलका शीर्ष तहका नेताहरुसंग दलित समुदायका सवाललाई नयाँ संविधानमा सुनिश्चित गर्ने विषयमा छलफल गर्ने समितीका सदस्य रणबहादुर रम्तेलले जानकारी दिए । पहिलो संविधानसभाको पुर्ण बैठकले सर्बसहमतिबाट पारित गरेको र दोस्रो संविधानसभाले सर्बसम्मतिले स्वामित्व ग्रहण गरेका दलित समुदायका हक अधिकारहरुलाई जस्ता को जस्तै नयाँ संविधानमा समावेश गर्न दवाव स्वरुप ९ बुदे माग राख्दै गत २२ गतेबाट चरणबद्ध आन्दोलन गर्दै आएको छ । संर्घष समितिले बिहान ११ बजे बानेश्वरमा रहेको अनमोल क्याट्रिङमा शीर्ष नेताहरुसंग छलफल गर्ने समिति सदस्य दुर्गा शोपले जानकारी दिए । नयाँ संविधानको मस्यौदामा दलित समुदायका सवाललाई समावेश नगरेको विरोधमा दलित समुदायका सभासद् तथा अधिकारकर्मिहरुको सहभागितामा संघर्ष समिति नै गठन गरि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...