नेभिगेशन
अन्य

पूर्वका नौ जिल्लामा आह्वान गरिएको आमहडतालबाट जनजीवन प्रभावित

बिराटनगर । सरकारसँग भएको पटकपटकको सहमति कार्यान्वयन नगरी बिना पहिचानसहितको प्रदेश निर्माण गरिएको भन्दै सङ्घीय लिम्बुवान् पार्टी नेपालले आज पूर्वका नौ जिल्लामा आह्वान गरेका आमहडतालबाट जनजीवन प्रभावित भएका छन् । पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङखुवासभा जिल्लामा आमहडतालको प्रभाव बिहानैबाट परेको छ । यी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, शिक्षण संस्था र कलकारखाना ठप्प छन् । विसं १८३१ मा भएको ऐतिहासिक लालमोहर सन्धि, ०६४ फागुन १८ र चैत ६ गते भएको पाँचबुँदे सम्झौता उल्लङ्घन गरिएको र चार दलबीच भएको १६ बुँदे सहमतिपश्चात् ल्याइएको पहिचान बिनाको वेनामे प्रदेशको विरोधमा आमहडताल आह्वान गरिएको पार्टीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै