नेभिगेशन
अन्य

सक्रिय हुँदै सत्य निरूपण तथा मेलमिलाप आयोग

काठमाडौ । सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनामा प्रत्यक्ष जिम्मेवार सुरक्षाकर्मी र माओवादी लडाकु कमान्डरहरूको विवरण माग्ने तयारी गरेको छ । स्थापनाको ६ महिनापछि सक्रियता बढाएको आयोगले विवरण संकलनको काम अघि बढाउन लागेको हो । आयोगले द्वन्द्वकालका जघन्य अपराध तथा मानवअधिकार उल्लंघनका घटनाका सम्भावित आरोपीहरू सुरक्षाकर्मी र माओवादी पूर्वलडाकु हुनसक्ने निष्कर्ष निकाल्दै विवरण लिइने जनाएको छ । नाम संकलनपछि उजुरी आह्वान गरिने र त्यस आधारमा सम्बन्धित आरोपी सुरक्षाकर्मी तथा माओवादी लडाकुसँग बयान लिने तयारी आयोगले गरेको छ । आयोगका प्रवक्ता डा. माधवी भट्टले केही दिनमै सेना, सशस्त्र र नेपाल प्रहरी तथा पूर्वमाओवादी लडाकुहरूको विवरण माग्न लागिएको बताइन् । माओवादी सशस्त्र युद्ध सुरु भएदेखि विस्तृत शान्तिसम्झौतासम्मका घटनाको छानबिन गरिने उनले जानकारी दिइन् । ‘०५२ फागुन १ देखि ०६३ मंसिर ५ गतेसम्म द्वन्द्व भएका सबै ठाउँमा कार्यरत सुरक्षाकर्मीका माथिल्लादेखि तल्ला कमान्डर र माओवादी पूर्वलडाकुका पनि तलदेखि माथिसम्मका कमान्डरको विवरण माग्न लागेका छौँ,’ आयोग प्रवक्ता भट्टले भनिन्, ‘केही दिनमै हामी सम्बन्धित पक्षलाई पत्राचार गर्छौँ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...