नेभिगेशन
अन्य

काठमाडौंको रामकोट आसपासलाई केन्द्र बनाएर ४ रेक्टरको भूकम्प

काठमाडौं । बिहीबार बिहान पनि भूकम्प गएको छ । बिहान १ बजेर ४९ मिनेट जादाँ काठमाडौंको रामकोट आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ४ रेक्टरको भूकम्प गएपछि राती मानिसहरु सडकमा नै आएका थिए । गत वैशाख १२ गतेदेखि आउन शुरु गरेको भूकम्प अझै आइरहेको छ । मंगलबार बिहान कालीमाटी आसपास केन्द्र भएर गएको ४. ३ रिक्टर स्केलको पनि परकम्प भएको केन्द्रले जनाएको छ। मंगबार नै कीर्तिपुर आसपास केन्द्र बनाएर ३.७ र सोमबार राति गणबहाल आसपास केन्द्र बनाएर २।६ रिक्टर स्केलको भूकम्प गएको थियो। एकै दिनमा चार रिक्टरस्केलभन्दा ठूला ५० वटासम्म परकम्प गएका छन्। भूकम्प मापन केन्द्रका अनुसार परकम्प जाने क्रम अझै कम्तीमा ६ महिना जारी रहनेछ। ‘भूकम्पको संख्या हप्तैपिच्छे घट्दैछ तर जाने क्रम भने कम्तीमा ६ महिना जारी रहने देखिने राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै