नेभिगेशन
अन्य

पाँच दिनको म्याद दिएर संवादको प्रतिवेदन मस्यौदा समितिमा पठाइयो

काठमाडौं । संविधानसभाले संवाद समितिले पेस गरेको प्रतिवेदनलाई विधेयकको रुप दिन मस्यौदा समितिलाई जिम्मा लगाएको छ । प्रारम्भिक मस्यौदामा थप छलफल र प्रमुख दलबीच सहमति जुटाएर संवाद समितिले प्रदेशको सिमाकंन सहितको परिमार्जित मस्यौदाको प्रतिवेदन संविधानसभामा बुझाएको थियो । संवादको प्रतिवेदनमाथि संविधानसभामा दुई दिन भएको छलफलपछि बढीमा ५ दिन भित्र मस्यौदालाई अन्तिम रुप दिई संविधान विधेयक बनाउन मस्यौदा समितिमा पठाउने बुधबार बसेको सभा बैठकले निर्णय गरेको हो । समितिले संवादले दिएको प्रतिवेदनको भाषा मिलाउने र केही थप घट गरी अन्तिम रुप दिनेछ । उक्त समितिका सभापति कांग्रेस नेता कृष्ण सिटौला हुन् । सिटौला नेतृत्वको समितिले यसअघि प्रारम्भिक मस्यौदा बनाएर संविधानसभामा पेस गरेको थियो । उक्त मस्यौदामा प्राप्त जनताको राय सुझावका आधारमा संवादले ६ प्रदेशको सिमांकन र अन्य आवश्यक परिमार्जन गरेको हो । प्रदेशको सिमाकंनप्रति असन्तुष्टि जनाउँदै मुलुकको विभिन्न भागमा आन्दोलन चर्केको छ । संवाद समितिले पेस गरेको प्रतिवेदनमाथि भएको छलफल राप्रपा नेपाल र ४ मधेसी दल सहितले बहिष्कार गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै