नेभिगेशन
अन्य

चितवन समाज अष्ट्रेलियाको चौतर्फी सोच

अष्ट्रेलिया । चितवन समाज अस्ट्रेलियाको हालै सिड्नीमा बसेको बैठकले संस्थालाई आगामी दिनमा नया संभ्याब्यताको खोजी गर्दै नेतृत्वलाई अगाडि बढाउन निकट भबिष्यमा साधारणसभा गरिने निर्णय गरेको छ । सन २०११ डिसेम्बर महिनामा स्थापना भएको चितवन समाजको आगामी साधारणसभाका लागि समाजका अध्यक्ष बुद्धी डल्लाकोटीको संयोजकत्वमा छबी सापकोटा सदस्य रहेको दुई सदस्यीय समिती गठन गरेको छ । सो समितीले थप तिन सदस्यको मनोनित गरेर पाँंच सदस्यीय निर्वाचन समितिलाई पुर्ण रुप दिने छ । करिब दुइ घन्टा चलेको बैठकमा एनआरएन अस्ट्रेलियाका आइसीसी सदस्य केशव सापकोटा ,बालचन्द्र भट्टराई , एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष गणेश केसी , नव निर्वाचित कोषाध्यक्ष डिला खरेल , सदस्य छबि सापकोटा ,नर्थसोर कमिटीका बिकास केसी , नयाका अध्यक्ष कोमल पाठक लगायतले चितवन समाजले आगामी दिनमा कोर्नु पर्ने खाकाका बारेमा धारणा राखेका थिए । बैठकले अस्ट्रेलयामा छरिएर रहेका हजारौ चितवनबासीहरुको साझा चौतारीका रुपमा चितवन समाजलाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो । बैठकमा कमिटीले अझसम्म गरेका क्रियाकलापको समिक्षा गर्दै पुर्व सहकर्मीहरुलाई धन्यबाद समेत प्रदान गरेको थियो ।पहिचान र माटोको माया सबैलाई हुन्छ , मुलुक संघियतातर्फ अगाडि बढीरहँंदा हामीले पनि प्रवासमा बसेर जन्मोथलोलाई केहि गर्न सक्छौ की भन्ने अवधारणा हो चितवन समाज , आइसीसी सदस्य केशव सापकोटाले समाजको औचित्य बारे प्रष्ट पारे । यस्तै समाजका पुर्व अध्यक्ष बुद्धी डल्लाकोटीले चितवनबासीको साझा चौतारी बनाउने समाजको उद्देस्य रहेको प्रस्ट पारे । समाजले बिभिन्न सामाजिक कार्यमा हात बढाउनुका साथै परस्पर बिकास र सृजनात्मक कार्यमा अगाडि बढने निर्णय समेत गरेको छ । निकट भबिष्यमा नै साधारणसभा मार्फत नेतृत्व चयन गरेर संस्थालाई नित्यकर्ममा अगाडि बढाउने निर्वाचन समितीका सदस्य छबि सापकोटाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।