नेभिगेशन
अन्य

टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

रत्ननगर । चितवनको भरतपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मङ्गलबार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १८६३ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको ना २८ प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । ठक्करबाट घाइते भएकी धनकुटाको मुगा गाविस घर भई भरतपुर बस्ने ३० वर्षीया सुजाता राईको मृत्युभएको प्रहरीले जनाएको छ । आफ्नै श्रीमान्ले चलाएको मोटरसाइकलमा उनी सवार रहेको प्रहरीको भनाइ छ । राईको उपचारका क्रममा अपराह्न भरतपुरमा मृत्युभएको हो । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । गम्भीर घाइते मृतककी श्रीमान् हेमन्तकुमार राईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...