नेभिगेशन
अन्य

डा. केसी आजदेखि अनशनमा

काठमाडौं । सरकारले माग सम्बोधन नगरेको उल्लेख गर्दै डा. गोविन्द केसी बुधबारदेखि आमरण अनशन बस्ने भएका छन् । ‘माग पूरा गर्ने पहल भएको छैन,’ उनले भने, ‘बुधबार दिउँसो चार बजेदेखि अनशन सुरु गर्ने कार्यक्रम छ ।’ केसी छैटौं पटक आमरण अनशनमा बस्न लागेका हुन् । सरकारले माग सम्बोधन गर्ने लिखित सम्झौता गरेपछि पाँचौं अनशन उनले १२ औं दिन तोडेका थिए । उनले यस पटक ६ बुँदे माग राखेका छन् । मन्त्रीमण्डलबाट माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसहित आवश्यक नीति र कानुन निर्माणको प्रक्रिया तत्काल सुरु हुनुपर्ने बताएका छन् । प्रतिवेदनले सुझाएको संरचनाअनुसार तत्काल चिकित्सा शिक्षा आयोगसमेत गठन गरिनुपर्ने उनको माग छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...