नेभिगेशन
अन्य

असोजदेखि खाद्यन्नदेखि सौन्र्दय सामाग्रीसम्मको मूल्य तोकिँदै

काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको खुद्रा मूल्य अनिवार्य तोक्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । कपडा, खाद्यान्न, निर्माण सामग्री, औषधि, भाँडाबर्तनलगायत वस्तुमा व्यापक ठगी बढ्न थालेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन र भन्सार विभागको संयुक्त पहलमा यस्तो नियम लागू गर्न लागिएको हो । यसबारे विभागले सम्बन्धित व्यवसायी र आयातकर्तालाई जानकारी गराइसकेको जनाएको छ । ‘करिब १० रुपैयाँमा आयात गरिएको वस्तुहरू २÷३ सय रुपैयाँमा बिक्री गरिएको छ । बढी मुनाफाका कारण स्वदेशी उद्योगीले पनि आफ्नो उद्योग बन्द आयाततर्फ केन्द्रित भएका छन,’ वाणिज्य विभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेले भने, ‘बजार व्यवस्थित बनाउन मूल्य तोक्न खोजेका छौं ।’ खुद्रा मूल्य असोज ११ गतेबाट अनिवार्य लागू हुने उनले बताए । व्यवसायीहरूलाई पनि सोही अनुसार तयारी हुन जानकारी गराएको विभागले जनाएको छ । ‘खुद्रा मूल्यसम्बन्धी भन्सारसँग छलफल भइसकेको छ । खुद्रा मूल्य असोज ११ बाट लागू सहमति भएको छ । ११ गते पश्चात भन्सारले तोकेको मूल्यमा सामन बिक्री हुनुपर्छ,’ बेल्बासेले भने, ‘मूल्य नतोके सामान जफत गर्छौं । आयातकर्तालाई कारबाही हुन्छ ।’ विभागका अनुसार सामान आयात गर्दा वस्तुमा उल्लेख गर्नूपर्ने सूचना अनिवार्य हुनुपर्छ । व्यवसायीले पनि वस्तुको मूल्य सार्वजनिक पत्रपत्रिकामा सूचना निकाल्नुपर्छ । सार्वजनिक गरिएको सूचना भन्सार र वाणिज्यमा पठाउनुपर्नेछ । त्यसपश्चात सम्बन्धित निकायमा अनुगमन तथा नियमन गरिने जनाएको छ । उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ९ मा उत्पादक र आयातकर्ताले उपभोग्य वस्तुको लेबलमा उत्पादकको नाम, ठेगाना, मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मितिलगायत आधारभूत जानकारीहरू अनिवार्य खुलाउनुपर्ने भनिएको छ । तर अधिकांश आवश्यक वस्तुमा मूल्य उल्लेख गरिएको पाइँदैन । अहिलेको अवस्थामा उपभोक्ताले अस्वाभाविक मूल्य तिर्नुपर्ने अवस्था देखिएको विभागको दाबी छ । भन्सारका महानिर्देशक शिशिर ढुंगानाले खुद्रा मूल्य कार्यान्वयनपछि न्यून बिजकीकरणको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘आयात÷निर्यात संकेत नम्बर नम्बर अन्तर्राष्ट्रिय स्तरमै लागू भएको छ । त्यसलाई नेपालमा पनि व्यवस्थित गर्न खोजेका छौं,’ उनले भने, ‘खुद्रा मूल्यले न्यून बिजकीकरण समस्या समाधान गर्न मद्दत गर्नेछ ।’ विभागले करिब १० भन्दा बढी शीषर्कमा मूल्य तोक्न लागेको छ । पहिरन÷कपडा रेडिमेट कपडा, सुटको कपडा, तन्ना, कपास, धागो, जुत्ता चप्पल, पेटीलगायत मा पहिलो पटक मूल्य तोक्न लागेको हो । लत्ताकपडामा मूल्य नतोक्दा व्यवसायीहरूले १० गुणाभन्दा बढी असुल्दै आएका छन् । खाद्यान्नमा चामल, कमै, गहुँ, फापर, दाल, गेडागुडी, पिठो, मैदा, आटा, सुजी, तोरी तेल, सूर्यमुखी तेल, भटमास तेललगायत तयारी तथा कच्चा पदार्थमा तोकिनेछ । यस्तै सबै प्रकारका चकलेट, चाउचाउ, चुइगम, बिस्कुट, कुकिज, पाउरोटी, केक, जाम, बटर, घिउ, चिज, मासुजन्य तथा माछाका परिकार, जंक फुड, मसलाजन्य पदार्थ, चिया कफी, पेय पदार्थको खुद्रा मूल्य अनिवार्य हुनुपर्ने जनाएको छ । भूकम्पयता निर्माण सामगमा पनि ठगी भएकाले सिमेन्ट, रङ, डन्डी, जस्तापाता, पाइप, मार्बल, टायल, अल्मुनियम तथा काठका तयारी झ्याल ढोका, पीपीभीसीका झ्याल ढोका, रेलिङ लगायतको मूल्य तोक्ने जनाएको छ । भाँडाबर्तन राइस कुकर, फ्राई प्यान, कराई, थालहरू, गाग्री, ताउलो, करुवा, अमखोरा, थाल, कचौरा, गिलास, थर्मस, औषधिका सर्जिकल सामान आयुर्वेदिक, एलोपेथिक, होमियोपेथिक, अपरेसन सुईहरू, एक्सरे, सिटिस्क्यान, एमआरआई, ल्याब लगायतको मूल्य तोक्ने तयारी छ । यस्तै इलेक्ट्रिकल हिटर, पंखा, कुलर, बल्ब चिम, बत्तीहरू, तार, केबल, आइरन, पानी ताने पम्प, इलोक्ट्रोनिक्स टिभी रेडियो, ओभन,बासिङ मेसिन, एयर कन्डिसन, कम्प्युटररल्यापटप,रेफ्रिजेरेटर, मोबाइल, यूपीएस, खेलौना÷खेल सामग्री सेरामिक्स, प्लास्टिक, कपडा, कागज, काठ, फुटबल, भलिबल, बास्केटबल, ब्याट० को पनि मूल्य तोकिनेछ । स्टेसनरी÷अध्ययन सामग्री पुस्तक, कापी, रजिस्टर, फोटोकपी पेपर, पेन, बलपेन, पेन्सिल, गणितीय सामग्री, स्कुल ब्याग, अध्ययन ब्याग, सौन्दर्य सामग्री साबुन, पाउडर, सर्फ,सेम्फु लगायत को पनि खुद्रा मूल्य तोकिनेछ । खुद्रा मूल्यको मूल्यांकन भन्सारले गर्नेछ । केही नमुना भन्सारमै परीक्षण गरिनेछ । यस्तै बजारको खुद्रा बिक्री तहमा वाणिज्यले अनुगमन गर्ने बेल्बासेले बताए । कान्तिुरमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...