नेभिगेशन
अन्य

पृथ्वी राजमार्गमा पाँच पेट्रोल पम्पमा सिल

गजुरी । नेपाल गुणस्तर तथा नापतौल विभागले पृथ्वीराजमार्गमा रहेका धादिङका पाँच पेट्रोल पम्पमा सिल गरेको छ । पम्पले उपभोक्तालाई कम मात्रामा डिजेल दिएर ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङको रोहबरमा पेट्रोल पम्पमा ताला लगाएको हो । सिल गरिएका पम्पमा मलेखुस्थित अम्बे आयल, बेनिघाटस्थित सदाज्योति आयल स्टोर, जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरलगायत पाँचवटा रहेका छन् । राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि कारबाहीका लागि सिल गरिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...