नेभिगेशन
अन्य

घर भत्किँदा एकै परिवारका ३ को मृत्यु

गुल्मी । गएरातीको अबिरल बर्षासंगै गएको पहिरोले घर भत्काउँदा दिब्रुङ ३ गल्छेडामा एकै परिवारका तिन जनाको मृत्यु भएको छ । खड्कबहादुर सार्कीको घर गएराति साढे २ बजे पहिरोले भत्काउँदा उनकी ४० वर्षीय श्रीमती उषा, १० वर्षीय छोरा गगन र ३ वर्षीय छोरी इन्दुको मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद पौडेलले बताए । घरमाथिबाट पहिरोसँगै आएको ढुंगाले उनको घर च्यापेको थियो । स्थानीय गोविन्द बलालका अनुसार दुई छोरीहरु १३ वर्षीय सुस्मा र ११ वर्षकी रेनु सार्कीको समयमै उद्धार भएकाले बच्न सफल भएका छन् । घरमुली खड्कबहादुर भने रोजगारीका लागि साउदीमा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...