नेभिगेशन
अन्य

हिमाली बाटो खुलाउँदै डब्लुएफपी

काठमाडौं । विश्व खाद्य कार्यक्रम डब्लुएफपीले वैशाख १२ को विनाशकारी भूकम्पले भत्किएको ३ सय २२ किलोमिटर हिमाली गोरेटो बाटो मर्मत गरेको दाबी गरेको छ। डब्लुएफपीले सोमबार विज्ञप्ति जारी गर्दै गोरेटो बाटो मर्मतपश्चात दोलखा, सिन्धुपाल्चोक, गोरखा र धादिङको दुर्गम हिमाली भेगका २५ हजारभन्दा बढी मानिसले आवास, खाद्यान्न तथा अन्य आपतकालीन राहत सामग्री प्राप्त गरेको जनाएको छ। थप २ सय ४९ किलोमिटर बाटो मर्मत जारी रहेको डब्लुएफपीले दाबी गरेको छ। ९४ वटा गोरेटोको मर्मत सम्पन्न भइसकेको र देशभरका ८१ गोरेटो बाटोको मर्मत कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ। ‘हिमाली गोरेटो बाटो पुनः सञ्चालनमा आउँदा अतिदुर्गम भेगका ९३ हजार मानिसलाई विद्यालय, पानीको मुहान र अन्य सामुदायिक सुविधाको पहुँच सम्भव भएको छ,’ विज्ञप्तिमा भनिएको छ। ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल टान र नेपाल पर्वतारोहण संघ एनएमएसँगको सहकार्यमा भूकम्पका कारण भत्किएको गोरेटो बाटो बनाउन डब्लुएफपीले सरकारको राहत तथा पुनरुत्थान अभियानमा सहयोग गरिरहेको बताएको छ। ‘हालको मर्मत कार्यले गोरेटोलाई ट्रेकिङका लागि आवश्यक उच्चस्तरमा ल्याउने काम नगरे तापनि यी पहुँच मार्गलाई पुनः स्थापित गर्नुले पर्यटन क्षेत्रलाई पुनर्जागरण गर्नमा मद्दत पुर्यााउने छ,’ डब्लुएफपीले भनेको छ। डब्लुएफपीले भूकम्पको कारण बेरोजगार बनेका समुदायलाई रोजगारको व्यवस्थासमेत गरेको जनाएको छ। ‘सडक तथा हेलिकप्टरबाट पुग्न नसकिने ठाउँमा सामग्री पुर्यालउनका लागि सामान्यतया पर्यटनमा आश्रित रहने तर हाल काम नपाएका भरिया तथा खच्चड चालकलाई समेत रोजगारी दिइएको छ,’विज्ञप्तिमा उल्लेख छ। हालसम्म ५ करोड ११ लाख ७२ हजार रुपैयाँ ज्यालाबापत खर्च भएको उसले जनाएको छ। नागरिक दैजिनक
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...