नेभिगेशन
अन्य

सुर्खेतमा प्रर्दशन चर्कियो,दुईजनाको मृत्यु

सुर्खेत । अखण्ड मध्यपश्चिम र सुर्खेतलाई संघीय राजधानी बनाउन माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको छ । आइतबारदेखि सुरु आन्दोलन अनियन्त्रित हुँदै गएपछि स्थानीय प्रशासनले आज साढे एक बजे कप्mर्यू लगाएको थियो । कप्mर्यु उल्लंघन गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु भएको हो । मृतकमा वीरेन्द्रनगरका टीकाराम गौतम र यामबहादुर बिसी छन् । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भिड नियन्त्रण गर्न हवाइ फायर गरिँदा घटना भएको बताए । ‘के कति क्षति भयो भन्नेबारे अहिले विस्तृत जानकारी आएको छैन,’ उनले भने । कप्mर्यु राति ९ बजेसम्मको लागि लगाइएको उनले बताए । आन्दोलनकारीले सुरुमा झुप्रा बृहत खानेपानी आयोजनाको कार्यालयमा तोडफोड गरेका थिए । त्यसपछि उनीहरु जिल्ला प्रशासन कार्यालयतिर गएका थिए । अनियन्त्रित आन्दोलनले जिल्ला विकास समितिको कार्यालय, नगरपालिका कार्यालय, सभासद एवं कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा समेत आगजनी गरेका छन् । खड्काको घरमा रहेका गाडी र जिल्ला प्रहरीप्रमुखको गाडीसमेत आगजनी गरेका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै