नेभिगेशन
अन्य

१६ लाख रुपैयाँ मूल्य बराबरको खैरो हिरोइनसहित ३ जना प्रक्राउ

काठमाडौं । भारतका सीमावर्ती शहरबाट खैरो हिरोइन ल्याई काठमाडौंका क्याम्पस, बोर्डिङ र होस्टेलमा बिक्री गरेको अभियोगमा प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले भारतीय नागरिक सञ्जयप्रसाद शाह र रामचन्द्र महतोलाई ३ सय १० ग्राम खैरो हिरोइनसहित काठमाडौंबाट आइतबार पक्राउ गरेको हो। त्यसअघि ब्युरोको टोलीले ललितपुर मंगलबजारका सुरज महर्जनलाई ९० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो। तीन जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। तीन जनाबाट बरामद भएको हिरोइनको बजारमूल्य १६ लाख रुपैयाँभन्दा बढी हुन आउँछ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...