नेभिगेशन
अन्य

प्युठानमा बस दुर्घटना, चारजनाको मृत्यु

प्यूठान । प्यूठानको सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नंको यात्रुबाहक बस आज सदरमुकाम नजिकै दुर्घटना हुँदा चारजनाको घटनास्थलमा मृत्यु भएको छ । घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । मृतकहरुको सनाखत हुन सकेको छैन । बस के कारणले दुर्घटनामा परेको हो भन्ने अझै खुल्न नआएको प्रहरीले जनाएको छ । बस झन्डै ८० मिटर तल खोलामा खसेको छ । घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...