नेभिगेशन
अन्य

२० रुपैयाँ दिन्छु भन्दै बलात्कार

बाँके । छोरी नाता पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोहलपुर–४ का ६० वर्षका तुलबहादुर शाही पक्राउ परेका छन् ।सापटी लिएको २० रुपैयाँ फिर्ता दिने भन्दै बोलाएर गत वैशाख ५ गते शाहीले घरनजिकैको खोलामा लगेर बलात्कार गरेको बालिकाका परिवारको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । केही समययता बालिकामा अस्वभाविक रुपमा दुब्लाउने र टोलाइरहने समस्या देखिएपछि सोधपुछ गर्दा घटनाबारे थाहा पाएको बालिकाका आफन्तले जनाएको छ । परिवारले घटना थाहा पाएर असार २४ गते प्रहरीमा उजुरी गरेयता शाही फरार थिए । ‘२० रुपैयाँ सापटी रकम फिर्ता गर्ने भन्दै बोलाएर बलात्कार गरेको बालिकाले बयान दिएकी छन्’ कोहलपुरका डिएसपी टिकाबहादुर शाहीले बताए । मेडिकल रिर्पोट आउन बाँकी रहेको र रिपोर्ट आउनासाथ अदालतमा पेस गर्ने शाहीले बताए । समाचार नागरिक दैनिकमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...