नेभिगेशन
अन्य

विश्व खाद्य कार्यक्रमबाट भूकम्पपीडितका लागि ल्याइएको दाल खानयोग्य

चितवन । कैफियतको आशङ्कामा रत्ननगरमा सिल गरिएको ठूलो परिमाणको दाल खानयोग्य रहेको जिल्ला खाद्य निरीक्षण इकाई चितवनले जानकारी दिएको छ । भूकम्पपीडितका लागि विश्व खाद्य कार्यक्रम (डव्लुएफपी) ले ल्याएको दाल कैफियत रहेको आशङ्कामा नमुना परीक्षण गरिएको थियो । परीक्षणपछिको प्रतिवेदनले बजारमा पाइने भन्दा केराउको दाल राम्रो पाइएको देखाएको छ । अघिल्लो महिना चितवनको रत्ननगरमा घुन लागेको भन्दै विश्व खाद्य कार्यक्रमले ल्याएको दाल प्रहरीले गोदाममै सिल गरेको थियो । नबिग्रिनका लागि राखिने माइकोटक्सिन विषादी १९ पीपीएम मात्रै भएकाले दाल खानयोग्य भएको प्रतिवेदनले देखाएको जिल्ला खाद्य निरीक्षक नवीन देउजाले बताए । खाद्य कार्यक्रमको केराउको दालमा गुणस्तर नपुगेको र घुन लागेको भन्दै फिर्ता पठाएको दाल रत्ननगरको निजी गोदाममा राखेको पाइएपछि प्रहरीले सिल गरेर अनुसन्धान थालिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...