नेभिगेशन
अन्य

पहाड र मधेसमा बराबर प्रदेश हुनुपर्ने कांग्रेसका २८ सभासदको माग

काठमाडौं । प्रखुख चार पार्टीका शीर्ष नेताहरू प्रदेशहरूको सीमाङ्कन टुंगो लगाउन अन्तिम छलफलमा जुटेको बेला नेपाली कांग्रेसका २८ सभासदले पहाड र मधेसमा बराबर प्रदेश बनाउनु पर्ने माग गरेका छन्। शुक्रबार पार्टी सभापति सुशील कोइराला र सभामुख सुबासचन्द्र नेम्बाङलाई बुझाएको पत्रमा पहाड र तराईमा बराबर जनसंख्या भएकाले प्रदेशको संख्या पनि बराबरै हुनुपर्ने माग गरेका छन्। तराईबाट प्रतिनिधित्व गर्ने २८ सभासदद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ(‘जनताको सुझावको नाममा ६ प्रदेश बनाउने र त्यसमा तराईमधेशको जिल्लाहरूलाई मिलाई प्रदेश बनाउने छलफल शीर्ष नेतृत्व तहमा भएको कुरा सञ्चार माध्यमबाट सुन्दा गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ ६ प्रदेश निर्माण गर्दा तराई मधेसको मात्र जिल्ला मिलाई ३ प्रदेश हुनुपर्ने हाम्रो मान्यता हो । पत्रमा अन्तरिम संविधानमा भएको नागरिकताको व्यवस्था अनुरूप नयाँ संविधानमा व्यवस्था हुनुपर्ने माप गनि गरिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...