नेभिगेशन
नेपाल समाचार

सहमति हुन नसकेपछि संविधानसभाको बैठक स्थगित

काठमाडौँ । प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि संविधानसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार आज साँझ ५ बजेका लागि तय गरिएको बैठक भोलि शनिबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले जनताबाट प्राप्त सुझावका आधारमा विवादित विषयमा सहमति जुटाउने र सो समितिको प्रतिवेदन संविधान सभामा पेस हुने भन्दै संविधानसभाको बैठक आजका लागि बोलाइएको थियो । संवाद समितिअन्तर्गतको प्रमुख राजनीतिक दलका शीर्षनेता सम्मिलित विशेष समितिले विवादित विषयमा सहमति जुटाउन लागिपरेकाले थप समयको आवश्यकता महसुस गरिएको सचिवालयले जनाएको छ । प्रमुख दलका शीर्षनेता सम्मिलित विशेष समितिको बैठक अहिले सिंहदरबारमा जारी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै