नेभिगेशन
अन्य

बारपाकमा पन्ध्र दिनदेखि टेलिफोन अवरुद्ध

गोरखाबजार । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँमा गत १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम र एनसेलको टावरमा समस्या देखिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ । ‘पन्ध्र दिन भयो मोबाइलमा टावर नभएको, टावर बनाउन कसैले ध्यान दिएका छैनन्’, बारपाक–४ का स्थानीयवासी तेजबहादुर घलेले गुनासो गरे । बारपाकमा फ्री वाइफाईको सेवा भएकाले सञ्चार क्षेत्रमा केही राहत भएको छ । ‘घाम लागेको बेला मात्रै इन्टरनेट चल्छ’, उनले भने, ‘पानी प¥यो, बादल, कुहिरो लाग्यो भने इन्टरनेटले काम गर्दैन ।’ भूकम्पको केन्द्रबिन्दु भएकाले यहाँका स्थानीयवासी अन्यत्रका भन्दा बढी समस्यामा छन् । नेपाल टेलिकम शाखा कार्यालय गोरखाका प्रमुख, सहायक प्राविधिक अधिकृत देवेन्द्रकुमार प्रधानले घाम नलाग्दा सोलार प्यानलबाट ऊर्जा उत्पादन नभएकाले टावर सञ्चालन गर्न नसकिएको जानकारी दिए । ‘टावर सञ्चालनमा छैन भन्ने हामीलाई जानकारीमा छ’, उनले भने, ‘घाम लाग्यो भने चल्छ, होइन भने मर्मत नगरी चल्दैन ।’ बर्खाले गर्दा कर्मचारी पठाउन नसकिएको बताउँदै उनले भने, ‘गाडी जाँदैन, हिँडेर जान सकिँदैन, बर्खा सकिएपछि टावर मर्मत गछौँ ।’ गोरखा सदरमुकामबाट ५२ किलोमिटर टाढा बारपाक गाउँ पर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै