नेभिगेशन
अन्य

संसद वैठकले शोक प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रमुख विपक्षी एमाओवादीको विरोधले अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । तर आज संसदको नियमित कार्यसूचिमा भने वैठक प्रवेश नगर्ने भएको छ । कांग्रेसका तर्फबाट निर्वाचित पूर्व सांसद सुर्यप्रसाद प्रधानको निधन भएकाले कार्यसूचीमा प्रवेश नगर्ने भएको हो । संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले कांग्रेसबाट शोक प्रस्ताव आए शोक प्रस्ताव पारित गरेर बैठक सकिने जानकारी दिनुभयो । हिजो साँझ अन्त्येष्टि गरेकाले आज मात्रै शोक प्रस्ताव संसदमा लैजाने कांग्रेसले बताएको छ । आजको बैठकमा पनि विनियोजन विधेयक माथिको छलफल गर्ने कार्यसूची रहेको छ । विपक्षी दलले बजेट सच्याउने प्रतिवद्धता नआएसम्म छलफल अघि बढाउन नदिने बताएका छन् । संसदको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...