नेभिगेशन
अन्य

मुख्य सचिवमा डा. सोमलाल सुवेदी

काठमाडौं । सरकारले निजामति सेवाको सर्वोच्च पद मुख्य सचिवमा डा. सोमलाल सुवेदीलाई बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बिहान बसेको बैठकले डा. सुवेदीलाई कायम मुकायम मुख्य सचिव बनाएको हो । मुख्य सचिव लिलामणि पौड्यालको तीन वर्षे कार्याकाल शुक्रबारदेखि सकिने भएकाले नयाँं मुख्य सचिव बनाइएको हो । डा. सुवेदीलाई दुई दिन कायम मुकायम र त्यसपछि स्वत मुख्य सचिव हुने गरी बढुवा गरिएको छ । हाल उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिव छन् । निजामति सेवा ऐनमा बरिष्ठता र कार्यक्षमताका आधारमा मुख्यसचिवमा बढुवा गर्नुपर्ने व्यवस्था गरेको छ । सुवेदी बरिठतामा दोस्रो क्रममा रहेका सचिव हुन् । वरिष्ठतामा पहिलो नम्बरमा रहेका श्रीधर गौतम उमेर हदले एक वर्ष पनि बहाल रहन नसक्ने भएकाले कार्य क्षमता पनि राम्रो रहेका र वरिष्ठतामा पनि दोस्रो नम्बरमा रहेका डा. सुवेदीलाई मुख्य सचिव बनाइएको हो । डा।सुवेदी खरिदारबाट निजामति सेवा प्रवेश गरेका प्रशासक हुन् । उनी आगामी तिन वर्षसम्म उमेर हदले पदमा बहाल रहन सक्नेछन् । उनले विगतमा मन्त्रिपरिषदमा रहेर काम गरिसकेका छन् । उनलाई वर्तमान मुख्य सचिव लिलामाणि पौड्यालको पनि सिफारिस रहेको स्रोतले जनाएको छ । स्वच्छ छवि र निर्णय क्षमताका कारण निजामति सेवाको नेतृत्व गर्न उनी सफल हुने धेरैको विश्लेषण छ ।नेपाली कांग्रेसका उपसभापतिको पौडेलको शोक वक्तव्य सुर्यप्रसाद प्रधानको शोक
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै