नेभिगेशन
अन्य

कांग्रेस नेता सुर्यप्रसाद प्रधानको निधन

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा बरिष्ठ समाजसेवी सूर्यप्रसाद प्रधानको निधन भएको छ । बुटवल ६ स्थित आफनै घरमा गएराती श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुर्याएका प्रधानलाई विहान पौने पाँच बजे लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत घोषित गरिएको नेपाल प्रेस युनियनका रुपन्देही जिल्ला अध्यक्ष बिक्रम खड्काले जानकारी दिए । ७६ बर्षिय प्रधान उच्च रक्तचाप र मधुमेहको बिरामी थिए । बिक्रम सम्वत १९९७ साल असौज १३ गते पर्बतको पाङ्मा जन्मनु भएका प्रधानका श्रीमती र छोरी हुनुहुन्छ । प्रधान तत्कालिन रुपन्देही क्षेत्र नं ३ बाट २०५६ सालमा सांसदमा निर्वाचित भएका थिए । प्रधानले २०१४ सालको भद्र अबज्ञा आन्दोलनबाट राजनीति सुरु गरेका थिए । उनी बुटवल नगरपालीकाको पूर्व नगर प्रमुख समेत थिए । स्वर्गीय प्रधानकै अगुवाइमा बुटवलमा दर्जनौं स्वास्थ्य, सामाजिक र शैक्षिक संस्थाहरु स्थापना भएका छन् । सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलको अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष , आम्दा अस्पताल बुटवलका पूर्व सल्लाहकार, नागरिक तर्फबाट नियुक्त हुने लुम्बिनी अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष, लुम्बिनी बाणिज्य क्याम्पसका पूर्व अध्यक्ष समेत रहेका प्रधान यस क्षेत्रका सामाजिक धरोहरको रुपमा आदार गरिन्थ्यो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै