नेभिगेशन
अन्य

एसएलसीमा रिटोटलिङ गर्दा ४ सय बढि पास

काठमाडौं । एसएलसीको नतिजा चित्त नबुझेर पुनर्योगमा निवेदन दिएकामध्ये झन्डै ११ प्रतिशतको प्राप्तांक सच्चिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार १३ हजार ७ सय ७५ जनाले पुनर्योगका लागि निवेदन गरे पनि १ हजार ४ सय ९५ अर्थात् १० दशमलव ८५ प्रतिशतको प्राप्तांक परिवर्तन भएको छ । फेल भएर पुनर्योग गर्नेमध्ये ४ सय ४१ जना उत्तीर्ण भएका छन् । त्यस्तै उत्तीर्ण भएर पनि पुनर्योग गरेकामध्ये १ हजार ५४ जनाको प्राप्तांक बढेको छ । परीक्षक र सम्परीक्षकको लापरबाहीले विद्यार्थीले प्राप्त गरेको प्राप्तांकभन्दा कम नम्बर आएको द्वारेले बताए । उत्तरपुस्तिकामा ९१ अंक प्राप्त गरेकोमा बाहिरी पानामा २१ मात्र लेखिएको, परीक्षकले ६४ अंक दिएकोमा सम्परीक्षकले ४ मात्रै दिएको पाइएको उनले बताए । उत्तरपुस्तिका परीक्षणमा गल्ती गर्ने शिक्षकलाई कारबाही गर्न विभागमा परिपत्र गर्ने द्वारेले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै