नेभिगेशन
अन्य

साउन समान्तमा संविधान जारी गर्न शीर्ष नेताहरुको कसरत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाओवादीका नेता समेत रहेका संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको बैठक स्थागित गरेसंगै संविधान लेखन कार्यमा अन्यौलता छाएको छ । तर शीर्ष नेता सम्मिलित विशेष समितिले संविधानका अन्तरबस्तुमा सहमति खोज्ने प्रयासमा निरन्तरता दिएका छन् । बिषेश गरि संघीयतामा सिमाङकन सहित संविधान जारी गर्ने बारेमा दलहरुका आ–आफ्ना अडानमा रहेकाले दलहरुका बीचमा सहमति हुन सकेको छैन् । संवाद समितिको बैठक स्थगित भएपनि शीर्ष नेताहरु साउन महिनाभित्र नयाँ संविधान ल्याउने गरी नै गम्भीर रुपमा छलफलमा जुटेको दाबि गरेका छन् । संविधानको पहिलो मस्यौदामा जनताले दिएका राय सुझावका आधारमा सङ्घीयताको सीमाङ्कन, शासकीय स्वरुप, नागरिकतालगायत सवालमा देखिएको विवादमा सहमति जुटाउन आज बिहान बसेको शीर्ष नेताहरुका बीचमा सकारात्मक छलफल भएको नेताहरुको दाबि छ । बैठकपछि नेपाल कम्युनिष्ट पार्टीका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाहिर चर्चामा आएको ‘संविधान नबन्ने भयो’ भन्ने जस्ता हल्लाको पछि नलाग्न आग्रह गरे । उनले ढिलोमा भोलि साँझसम्ममा संविधानसभामा प्रतिवेदन पठाउने गरी गम्भीर र सकारात्मक छलफल भइरहेको बताए । औपचारिक र अनौपचारिक स्तरमा सकारात्मक छलफल भइरहेको र सीमाङ्कनसहित टुङ्ग्याउनेतिरै दलहरु लागेको बताइएको छ । आठ वर्षदेखि छलफल हुँदै आएको विषय टुङ्गोमा पु¥याउन एक÷दुई दिन लाग्यो भन्दैमा जनतामा नकारात्मक सन्देश र भ्रम फैलाउनु नहुने नेताहरुको दाबि छ । अहिले दलहरु मिल्नसक्ने विषयलाई कार्यदलको सहयोगमा मस्यौदामा समावेश गर्दै र नमिलेका विषयलाई छलफल गर्दै जाने गरि संविधानसभामा पठाउने तयारी गरेका छन् । समितिका सभापति भट्टराईले पनि साउन मसान्तभित्र प्रदेशको सीमाङ्कनसहितका विषय टुङ्गोमा पु¥याई संविधान ल्याउन लागिरहेका छौँ, यही सन्देश प्रवाह गर्न म आग्रह गरे । नेपाली काँग्रेका सहमहामन्त्री पूर्णबहादुर खड्काले पनि छलफल सकारात्मक भएको र चाँडो संविधानसभामा प्रतिवेदन पठाउने गरी गृहकार्य भइरहेको जानकारी दिए । जनता मत संकलनपछि जनताका सुझाव समावेश गर्ने बारेमा नेपाल कम्युनिष्ट पार्टी एमाले अलि बढि अनुदार देखिएको छलफलमा सहभागि नेताहरुको बुझाई रहेको छ । एमाले जनमतलाई संविधानसमा समावेश गर्ने भन्दा पनि १६ बुँदेमा तलमाथि नगर्ने पक्षमा रहेको छ । दलहरुका बीचमा भएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी एमाले अनुदार नहुदा साउन समान्तसम्म अझै पनि संविधान जारी गर्न सकिनेमा नेताहरु बिश्वस्त छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै