नेभिगेशन
अन्य

भारत भ्रमण सकेर देउवा स्वदेश फर्कदै

काठमाडौँ । पाँच दिने भारत भ्रमण सकेर नेपाली कांग्रेसका बरिष्ठ नेता नेता शेरबहादुर देउवा आज स्वदेश फर्कदै छन् । देउवा दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम रहेको उनका सहयोगी भानु देउवाले जानकारी दिए । देउवा पत्नी आरजु राणाका साथ १३ गते दिल्ली गएका थिए । भ्रमणका क्रममा देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री शुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा भारतीय नेताहरुले नेपालमा संविधान निर्माण र भुकम्प पछिको पुर्ननिर्माणका बारेमा चासो राखेका थिए । देउवाले उत्तराखण्डको सवैभन्दा उच्चस्थानमा रहेको तेहरी जलाशयको समेत भ्रमण गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...