नेभिगेशन
अन्य

ग्यास सिलिन्डर पड्केर महिलाको मृत्यु

लहान । खाना पकाउने ग्यासको सिलिन्डर पड्केर सिरहा नगरपालिकामा गएराति एक महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७ माड्र निवासी पप्पु मुखियाको २० वर्षीया श्रीमती बबिता मुखियाको मृत्यु भएको हो । गम्भीर घाइते भएकी बबिताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । मृतकको शव परीक्षण पश्चात अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...